नियम
न्यायिक कारबाही सम्बन्धी सूचना माग गर्दा निवेदन दिने
(१) पीडितले आफू पीडित भएको मुद्दामा ऐनको दफा ९ बमोजिमको न्यायिक कारबाही सम्बन्धी सूचना माग गर्दा अभियोजन' गर्ने निकाय, अधिकारी वा अदालतवा सम्बन्धित निकाय समक्ष अनुसूची-६ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन परेमा अभियोजन गर्ने निकाय, अधिकारी वा अदालत वा सम्बन्धित निकायले यथाशीघ्र निवेदकलाई ऐनको दफा ९ बमोजिमका विषयमा अनुसूची-७ बमोजिमको ढाँचामा सूचना दिनु:पर्नेछ।